March 17th, 2019

गण्डकी विकास बैंकको एकै दिन तीन नयाँ शाखा विस्तार

बैंकिङ खबर । गण्डकी विकास बैंकले एकै दिन ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा नयाँ शाखाको औपचारीक समुद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष राम प्रसाद प्रजापतीेले गरे ।

हालसम्म बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथै बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमाकर्जा सुविधा, रेमिट्यान्स सेवा, लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा संचालन मुनाफा करिव ४१ करोड आर्जन गरेको थियो भने सोही अवधी सम्म निक्षेप २६ अर्ब १९ करोड र कर्जा तर्फ २३ अर्ब ३८ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्राअत्यन्तै न्यून रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]