March 14th, 2019

कामना सेवा विकास बैंकको नयाँ शाखा बर्दिवासमा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१,बर्दिबासमा आफ्नो ७३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमाकारोबार शुभारम्भ गरे ।

बैंकले पछिल्लो समय व्यवसायको दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरका बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले देशका विभिन्न भागहरुमा ७२ वटा शाखा कार्यालयहरु तथा २९ वटा एटिएम मार्फत आप्mना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]