Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले खोल्यो वैदेशिक रोजगार बचतपत्र, असार २४ गतेसम्मको समयसीमा

२०७३ जेष्ठ २३ गते

NRB
नेपाल राष्ट्र बैँकले आजदेखी (आइतबार) वैदेशिक रोजगार बचतपत्र २०७८  निष्काशन शुरु गरेको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र ऋण विभागले ३३ करोड ७९ लाख १५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको हो । वार्षिक रुपमा व्याज करबाहेक ९ प्रतिशत व्याजदरमा तथा प्रत्येक ६ महिनामा व्याजदर दिने बचतपत्रको विक्रि आजदेखि असार २४ गतेसम्म खुल्नेछ । खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासन हुने रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैँकले साँवा भुक्तानी मिति २०७८ असार २९ गतेका लागि तोकेको छ । 
।