बैंकिङ खबर । स्पर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तलेकुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपीओ जारीमध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई र १३ हजार ४ सय ८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ लाख ५२ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्तासम्म आईपीओ भर्न सक्नेछन । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।