Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बङ्गलादेश बैंकको चार नयाँ शाखा विस्तार

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंकले ४ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले फागुन २६, २७ र २८ गतेबाट रसुवा जिल्लाको टिमुरेमा, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा, कैलाली जिल्लाको टीकापुरमा र बाँके जिल्लाको कोहलपुरमा शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।

बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् ।

Ad