March 12th, 2019

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सुरु गर्यो विद्युतीय भुक्तानी प्रणाली

बैंकिङ खबर । नेपाल बैंक इन्फ्रास्ट्रक्चर बैंकले विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरेको छ । वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउसको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गरि उक्त सेवा शुरु गराएको छ ।

उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस अनुरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले विद्युतीय भुक्तानी प्रणाली मार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्पmत चेक राफसाफ गर्न सक्नेछन् । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्पmत कुनै पनि खातामा भुक्तानी दिने सिधै क्रेडिट लिने र सिधै डेबिट जस्ता अन्तरबैंक कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् ।

हालसम्म चेक क्लियरिङ्ग प्रणालीमा ८१ बैंक/वित्तीय संस्थाहरु र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा७६ बैंक तथा वित्तीय संस्थाहरु आवद्धछन् ।

नेपालसरकार, बैंक वित्तीय संस्थाहरु, बीमा कम्पनिहरु र अग्रणी व्यापारिक क्षेत्रवाट प्रवर्धित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मुख्य उद्देश्य पूर्वाधार विकासका निमित्त आवश्यक लगानी तथा कर्जा प्रवाह गरी मुलकको आर्थिक विकासलाई प्रोत्साहित गर्नु हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]