यो साता स्थानीय बजारमा प्रतितोला सुनको भाउ १ सय रुपैँयाले बढेको छ । आइतबार ५४ हजार २ सय रुपैँयामा प्रतितोलामा किनबेच भएको छापावाल सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार ३ सय रुपैँया प्रतितोलामा किनबेच भएको छ । त्यस्तै, आइतबार प्रतितोला ५३ हजार ९ सय ५० रुपैँया रहेको तेजावी सुनको भाउ साताको अन्तिम दिन आइपुग्दा ५४ हजार ५० रुपैँया प्रतितोला पुगेको छ ।
सोमबार सुनको मूल्यमा २ सयले गिरावट आएको थियो भने मंष्लबार ३ सय रुपैँयाले बढेको थियो । त्यस्तै, बुधबार स्थिर रहेको सुनको मूल्य विहिबार २ रुपैँया प्रतितोलाका दरले महँगिएको थियो । शुक्रबार भने सुनको मूल्उ प्रतितोला २ सय रुपैँयाले घटेको हो ।
अन्तरराष्ट्रिय वस्तु बजारमा सातामा सुन प्रतिऔंस अन्तिम दिन १ हजार २ सय ११ दशमलव ६५ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ७ रूपैँया ३८ पैसा रहेको छ ।