Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

धनगढीको निसर्ग अस्पताल परिसरमा जनता बैंकको एटिएम सेवा सुरु

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । जनता बैंक नेपालले धनगढी उप महानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरमा एटिएम सेवा सुरु गरेको छ । सो एटिएमको उद्घाटन धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रील संयुक्त रुपमा गरे ।

यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने बैंकले विश्वास लिइएको छ ।

हालसम्म बैंकले १ सय २८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

Ad