Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले गर्यो पर्सामा वित्तीय साक्षरता कार्यक्रम

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले आजको आवश्यकता विद्यार्थीहरुमा वित्तीय साक्षरता भन्ने मूल आशयले श्री विरगञ्ज क्याम्पस, विरगञ्ज महानगरपालिका, ११ पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग,सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा जानकारी दिएको थियो ।

साथै, कार्यक्रममा विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने कुरालाई पनि समावेश गरिएको थियो । कार्यक्रममा १ सय जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार ३ सय ८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।

Ad