March 11th, 2019

यस्तो छ नेपालको तलब इन्डेक्स, बैंकिङ क्षेत्र सबैभन्दा अगाडी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको राष्ट्रिय ज्याला तथा तलब सुचकाङ्क अनुसार कर्मचारी तथा मजदुरहरुकोे समग्र औषत तलब तथा ज्याला सुचकाङ्क (इन्डेक्स) ४ सय ८८ दशमलव ९ रहेको छ । जसमा तलबको औषत इन्डेक्स ३ सय ९३ दशमलव १ रहेको छ भने ज्यालादरको औषत इन्डेक्स ५ सय २४ दशमलव ३ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा समग्र इन्डेक्स ४ सय ४७ दशमलव ३ रहेको थियो भने तलब इन्डेक्स ३ सय ६८ दशमलव ६ र ज्यालादर इन्डेक्स ४ सय ७६ दशमलव ४ रहेको थियो । यसरी हेर्दा एक बर्षको अवधिमा समग्र इन्डेक्स ९ दशमलव ३ प्रतिशतले बढेको छ भने तलब इन्डेक्स ६ दशमलव ६ प्रतिशत र ज्यालदर इन्डेक्स १० दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

तलब इन्डेक्समा सबैभन्दा अगाडी बैंकिङ क्षेत्र
राष्ट्र बैंकको राष्ट्रिय तलब तथा ज्याला सूचक अनुसार रोजगारीको लागि सबैंभन्दा आकर्षक क्षेत्र बैंकिङ क्षेत्र रहेको देखिन्छ । बैंकिङ क्षेत्रको इन्डेक्स ५ सय २९ दशमलव ३ रहेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा बैंकिङ क्षेत्रको इन्डेक्स ५ सय २३ दशमलव २ रहेको थियो । अन्य इन्डेक्सको तुलनमा बैंकिङ क्षेत्रको इन्डेक्सको वृद्धिदर कम रहेको भए पनि अझै बैंकिङ क्षेत्रको इन्डेक्स अन्य क्षेत्रको भन्दा माथि नै रहेको छ । एक बर्षको अवधिमा बैंकिङ क्षेत्रको इन्डेक्स १ दशमलव १ प्रतिशतले मात्र बढेको छ ।

समग्रमा कृषि क्षेत्रको ज्यालादरको इन्डेक्स माथि
समग्र इन्डेकसमा भने कृषि क्षेत्रमा काम गर्नेहरुको ज्यालाजर इन्डेक्स माथि रहेको छ । यस्तो इन्डेक्स चालु आर्थिक बर्षको पुष मसान्तमा ६ सय ३ दशमलव ४ रहेको छ । जुन गत आर्थिक बर्षको पुष मसान्तमा ५ सय ४२ दशमलव सात रहेको थियो ।

तलब तथा ज्यालादर इनडेक्समा सबैभन्दा धरै हिस्सा कृषि क्षेत्रको
राष्ट्र बैंकले प्रकाशित गरेको राष्ट्रिय ज्याला तथा तलब इन्डेक्समा सबैभन्दा धरै हिस्सा कृषि क्षेत्रमा कार्यरत कामदारहरुको रहेको छ त्यस्तै सबैभन्दा कम हिस्सा बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुको रहेको छ । उक्त इन्डेक्समा कृषि क्षेत्रमा कार्यरत कामदारको हिस्सा ३९ दशमलव ४९ प्रतिशत रहेको छ । बैंकिङ क्षेत्रमा कार्यरत कमचारीहरु शुन्य दशमलव ५५ प्रतिशत मात्र रहेको तथ्याङ्क देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]