बैंकिङ खबर । एनएमबि बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको छ । बैंकले बार्षिक १० प्रतिशतका दरले अगामी १० वर्षका लागि ऋणपत्र जारी गरेको हो ।
ऋणपत्रमा आवेदन दिन ईच्छुक लगानीकर्ताले न्युनतम २५ कित्ता आवेदन दिनुपर्ने छ । यस्तो ऋणपत्रका लागि २०८५ सम्म आवेदन माग भएको छ ।
ऋणपत्र फागनु ३० देखि छिटोमा चैत्र ४ र ढिलोमा १४ गतेसम्म आवेदन दिन पाइने बैंकले जनाएको छ । बैंकले ३० लाख कित्ता मध्ये १२ लाख कित्ता ( एक अर्ब २० करोड रुपैयाँ बराबरको) ऋणपत्र जारी गरेको हो । यसमध्ये ५ प्रतिशत डिवेन्चर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।