Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको  किर्तीपुरमा 

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । लक्ष्मी बैंकले काठमाडौंको किर्तीपुरमा आफ्नो ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

हालसम्म बैंकले ४६जिल्लामा ९९ शाखा,५ हस्पिटल सेवा काउन्टर, १ सय १२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्टहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

 

Ad