काष्ठमण्डप डेभलमपेन्ट बैंक र महाकाली विकास बैंकबिच खरीद बिक्री सम्झौता भएको छ । काठमाडौको पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको ‘ख’ वर्गको राष्ट्रिय स्तरको काष्ठमण्डप डेभलपमेन्ट बैंकले तीन जिल्ला कार्यक्षेत्रको कञ्चनपुरस्थित महाकाली विकास बैंकलाई खरीद गर्न लागेको हो । सम्झौतालाई दुवै बैंकका सञ्चालक समितिले समेत पारित गरिसकेका छन् ।
काष्ठमण्डपको १९ वटा शाखा छन् । महाकालीको कञ्चनपुर, कैलाली र डडेलधुरामा ७ वटा शाखा छन् ।