Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको पस्र्याङ्ग शाखा औपचारीक संचालनमा

२०७५ फाल्गुन १३ गते

बैंकिङ खबर। एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका ५, पस्र्याङ्ग शाखाको २०७५ फाल्गुण १३  गते औपचारीक समुद्घटन गरेको छ । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सीले एक समारोहका बिच बैंकको उक्त शाखाको समुद्घाटन गरे । बैंकले उक्त शाखाबाट २०७५ भाद्र २ गतेदेखि कारोबार सुरु गरेको थियो । शाखाको समुद्घाटन समारोहका प्रमुख अतिथि मेयर जि.सीले कार्यक्रममा सम्बोधन गर्दै दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे ।

आम सर्वसाधारणहरुको विश्वास जित्दै मुलुकभर २७७ वटा शाखा कार्यालयहरु, २८९ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत अत्याधुनीक बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो बैंकको पहिचान बनाएको एनआईसी एशियाको वासलातको आकार २ खर्ब १५ अर्ब भन्दा बढिकोे रहेको छ । १ खर्ब  ७१ अर्ब रुपैयाँ  निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढि कर्जा लागनी गरेको छ । बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार पुगेको छ  । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई महत्वका साथ पालना गर्दै आउनुको साथै हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

Ad