बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११,हरिवनमा ६७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखाप्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।
हाल संस्थाले ६६ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बबैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना समेत उल्लेख गरेको छ ।