काबेली विकास बैंकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।धनकुटामा मुख्य कार्यालय रहेको बैंकले कर प्रयोजनार्थ ६ लाख १५ हजार ५ सय ७९ रुपैँया नगदसहित २० प्रतिशत हुने गरी १ करोड १६ लाख ९६ हजार रुपैँया बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव बैंकको जेठ २९ गते बस्ने आठौँ वार्षिक साधारणसभाले पारित गर्नेछ ।