June 2nd, 2016

नेप्सेको सूचीबाट हट्दै सात कम्पनी

nepseनेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा कम्पनिको दर्ता खारेजी गर्ने भएको छ । नेप्सेले लामो समयदेखि निलम्बनमा परेका कम्पनिलाई नेप्सेको सूचीबाट हटाउने तयारी गरेको हो । नेप्सेले बुटवल स्पाएनिङ मिल, याक एन्ड यती होटल, विराट सुज, नेपाल ट्रेडिङ, फ्लुयर हिमालयन लिमिटेड, अरुण वनस्पति उद्योग, नेपाल बिटुमिन तथा ब्यारेल उद्योगलाई सूचीबाट खारेजी गर्ने तयारी गरेको छ । योसँगै नेप्सेको सूचीबाट अटाइएको कम्पनिको संख्या ४३ पुग्नेछ । 

शेयरको दोस्रो बजारमा शेयर खरिद विक्रि गर्नका लागि पब्लिक कम्पनी नेप्सेमा सूचीकृत हुनुपर्छ । सूचीकृत कम्पनीहरुले नेप्सेलाई दर्ता शुल्क र वार्षिक शुल्क बुझाउनुपर्ने प्रावधान छ । लामो समयसम्म वार्षिक शुल्क बुझाएर नविकरण नगर्ने कम्पनीलाई पहिलो चरणमा नेप्सेले निलम्बन गर्छ । निलम्बनपश्चात् पनि शुल्क बुझाउन नआएमा नेप्सेले सूचीबाट नै हटाउने गर्छ ।