बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले एकैसाथ तीन नयाँ शाखा विस्तार गरेको छ । उक्त तीन नयाँ शाखा कास्की जिल्लाको अमरसिङ्गचोक,जिरो कि.मी तथा लामाचौरमा रहेका छन् । अमरसिङ्ग शाखाको समुद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मन बहादुर गुरुङ्गले गरे । समुद्घाटन गर्दैै गुरुङ्गले बैंकको प्रगतिको कामना तथौ बैंकिङ्गङ यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।
जिरो कि.मी शाखाको समुद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री यकिरण गुरुङ्गले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । साथै बैंकले यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
लामाचौर शाखाको समुद्घाटन पोखरा महानगरपालिका वडा नं १६का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभामोहन पौडेलले संयुक्त रुपमा गरे । शाखा कार्यालय समुद्घाटन गर्दै आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुलनाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ हातेमालो गर्न सधै तत्पर रहेको बताए ।