February 21st, 2019

राष्ट्र बैंकको फोन पछि बैंकर्स संघको छलफल स्थगित 

बैंकिङ खबर।  नेपाल राष्ट्र बैंकले मौंद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्यवस्था गरेको केहि विषमा ६ बुँदे असहमति राखेको बैंकर्स संघले विहिबार २८ वटै बाणिज्य बैंकको अध्यक्ष र संचालकसँग छलफल गरेको छ ।  बैंकर्स संघको बुधबार बसेको बैंठकले राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेकोप्रति असहमति जनाउँदै ६ बुँदे असहमतिपत्र सार्वजनीक गरेको थियो । 

राष्ट्र बैंकको हस्तक्षेपकारी भुमिकाले बैंकिङ क्षेत्र गम्भीर संकटमा पर्ने भन्दै गभर्नर सहितका उच्चपदस्त अधिकारीहरुलाई भेट्नु पुर्व २८ वटै बैंक संचालक समितिका अध्यक्ष तथा संचालकहरुसँग छलफल गरेको एक बैंकरले बताए । छलफलकै क्रममा बैंकर्स संघका अध्यक्ष्य ज्ञानेन्द्र् ढुङ्गानालाई नेपाल राष्ट्र बैंकले छलफलको लागि बोलाएकोले बैंठक कुनै पनि निष्कर्ष बीना नै सकिएको र पुन बस्ने बैंकिङ खबरलाई स्रोतल बताएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]