February 21st, 2019

कामना सेवा विकास बैंकको नयाँ शाखा सप्तरीको महुलीमा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले आफ्नो प्रदेश नं २ को सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो  ६५औं शाखा कार्यालय हो । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । 

नयाँ शाखा शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले यस शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाका ेनिर्माण कार्य भईरहेको बैंकले जनाएको छ । साथै बैंकले अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ । 

हाल बैंकले मुलुकभर ६५ वटा शाखा कार्यलय तथा १७ वटा एटिएम मार्फत आफ्ना  गा्रहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]