February 20th, 2019

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखाको उद्घाटन, शाखा संख्या ८५ पुग्यो 

बैंकिङ खबर। ज्योति विकास बैंकले फागुन एकैदिन पाँच वटा नयाँ शाखाको औपचारीक उद्घाटन गरेको छ । बैंकले भक्तपुरको बोडे, काभे्रको बनेपा ,काठमाण्डांैको साखुँ, बलम्बु र कीर्तिपुरमा गरि पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएकोे हो । बैंकको मध्यपुर थिमी नगरपालिका, ८ बोडेचोकमा रहेको नयाँ शाखाको मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष  देवकृष्ण मोय श्रेष्ठ र बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले एक कार्यक्रमका बिच  २०७५ फाल्गुन ८ गतेका संयुक्त रुपमा उद्घाटन गरे ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका, ७ बनेपा बजारमा मा रहेको शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली संयुक्त रुपमा उद्घाटन गरे । 

काठमाण्डौको  शंखरापुर नगरपालिका, ६ साखँु बजारमा रहेको नयाँ शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र बैंकका सञ्चालक छत्रमान श्रेष्ठले संयूक्र रुपमा उद्घाटन गरे । काठमाण्डौको कीर्तिपुर नगरपालिका ९, नयाँबजारमा रहेको नयाँ शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरे भने काठमाडौंको चन्द्रागिरी नगरपालिका १२, बलम्बुमा रहेको नयाँ शाखाको औपचारिक उदेघाटन नेपाल राष्ट्र बँैकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरे ।

बैंकको बलम्बु शाखाको उद्घाटन गर्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिदै डिजिटल भुक्तानी तिर अग्रसर हुनुको साथै  वित्तीय साक्षरताको लागि समन्वय गर्न आग्रह गरे । उनले बैंकमा कारोबार सुरक्षित हुने र नियमनका सम्पुर्ण प्राबधानहरु पुरा गरेकाले ढुक्क भइ कारोबार गर्न सुझाब दिए । स्थानीय जनप्रतिनिधीहरुले पनि बैकसँग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्न अनुरोध गरे । 

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत  २१ रुपैयाँ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ रहेको छ । यस बैकले चाँडैनै हाम्रो बिकास बंैकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरुवात गर्ने तयारी गरिरहेको छ । हाम्रो विकास बैंकसँगको एकिकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी  ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।  


    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]