February 20th, 2019

माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

बैंकिङ खबर । माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे । 
सम्झौताअनुसार अब माछापुच्छ«्रे बैंकका ग्राहकहरूल ेचिरायू नेशनल अस्पतालका सेवाहरुमा १५प्रतिशत सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।चिरायूअस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
हाल बैंकले ९३ वटा शाखाहरु १ सय १५ वटा एटीएम, ६२ शाखा रहित बैकिङ मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]