February 20th, 2019

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

बैंकिङ खबर । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको  बैंक उद्घाटन  बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले गरे । 

हाल बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । बैंकको वासलातको आकार २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७३ अर्ब तथाकर्जा  १४८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]