February 20th, 2019

मौद्रिक नीतिको समीक्षाले बैंक र व्यवसायीको समस्या समाधान भयो : चिन्तामणी शिवाकोटी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले बैंकिङ क्षेत्रमा देखिएका सबै समस्या हल गर्ने बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको वित्तीय पहुँचमा टेक्नोलोजीको भुमिका विषेश कार्यक्रमको उद्घाटन गर्दै उनले मौद्रिक नीतिको समीक्षाले  बैंक र व्यवसायीको माग सम्बोधन गर्ने बताएका हुन् । 

व्याजदर उच्च भएको गुनासो धेरै आएपछि त्यसको समाधानको लागि विभिन्न नीतिगत परिवर्तन गरेको बताउदै बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी अभाव देखिएको बताए । त्यसैले दिर्धकालीन फण्डको लागि लङ ट्रम ऋणपत्रलाई प्रथामिकता दिएको र निर्यात प्रवद्र्धधनको लागि निर्यात कर्जाको व्याजदरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको र बैंकहरुले कल डिपोजिटलाई प्रथामिकतामा राखेकाले त्यसलाई निरुत्साहित गर्नको लागि कल डिपोजिटको सिमालाई १० प्रतिशत कायम राखिएको बताएका छन् । 

उनले यसबाहेक कतै समस्या भए बैंकर र व्यक्तिसँग एकैठाउँमा बसेर छलफल गरी समस्या समाधान गर्ने नेपाल राष्ट्र बैंक तयार रहेको बताए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]