Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इन्फ्रास्ट्क्चर डेभलपमेण्ट बैंकको बोनर शेयर प्रमाणपत्र वितरण सुरु

admin २०७३ जेष्ठ १९ गते
सेयर:

infrastructureइन्फ्रास्ट्क्चर डेभलपमेण्ट बैंकले शेयरधनीहरुलाई बोनस शेयर प्रमाणपत्र वितरण सुरु गरेको छ । बैंकको गत पुष २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १३.७० प्रतिशत बोनस शेयर वितरण बुधबारदेखि सुरु भएको हो ।

बैंकको संस्थापक शेयधनीहरुले बैंकको मुख्य कार्यालय घण्टाघरबाट बोनस शेयर संकलन गर्न सक्ने छन् भने सर्वसाधारणले दरबारमार्गास्थित ग्रोमर मर्चेण्ट बैंकर लिमिटेडको कार्यालयबाट संकलन गर्न सक्ने छन् । बिहीबारसम्म १० बजेदेखि ३ तथा शुक्रबार १० देखि साढे १ बजेसम्ममा शेयर प्रमाणपत्रको तथा परिचयपत्रको सक्कल तथा प्रतिलिपि लिएर बोनस संकलन गर्न आउन बैंकले शेयरधनीलाई आग्रह गरेको छ ।

डिम्याट खातामा शेयर भएकाहरुको हकमा भने बोनस शेयर सुचिकृत भए पछि डिम्याट खातामा नै शेयर जम्मा गरिने बैंकले जनाएको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।