सिन्धु विकास बैँकले शाखा व्यवस्थापक पदका लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले जेठ २५ गतेभित्र बैँकका इमेल ठेगाना vacancy2073@gmail.com मा बायोडाटा र निवेदन पठाउनुपर्ने छ । साथै, बैँकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेमा सम्पर्क गरेर पनि आवेदन दिन सक्नुहुनेछ ।
आवश्यक योग्यता
आवेदन दिने व्यक्तिले म्यानेजमेन्ट अथवा अर्थशास्त्र विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्ने र कम्तीमा २ देखि ३ वर्ष कुनै पनि बैंक तथा वित्तीय संस्थामा क्रेडिट, अपरेसन या मार्केटिङ शाखामा काम गरेको हुनुपर्ने बताइएको छ । यसका साथै, दुईपांग्रे सवारीसाधनको लाइसेन्स अनिवार्य हुनपर्ने छ । त्यस्तै, कम्प्युटरसम्बन्धि जानकारी तथा पुमोरी प्लस बैंकिङ सफ्टवेर चलाउन जान्ने र भाषा तथा सञ्चारमा दक्षता भएको हुनुपर्ने बैँकद्धारा प्रकाशित विज्ञापनमा जनाइएको छ । पारिश्रमिक तथा सेवा सुविधा बैंकको नियमानुसार हुने पनि विज्ञापनमा उल्लेख छ ।