Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चितवनको भोजाडमा गण्डकी विकास बैंकको नयाँ शाखा

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर । गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११,भोजाड बिशालचोकमा नयाँ  शाखाको औपचारीक समुद्घाटन गरेको छ । नयाँ शाखाको उद्घाटन चितवन निर्वाचन क्षेत्र न.२(ख) का प्रदेश सभा सदस्य बिजय सुवेदीले गरे । 

समुद्घाटन समारोहमा मन्तव्य राख्दै बिजय सुवेदीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए । 

बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोही महानगरपालिका वडा नं. ११ का वडा सचिव ओम प्रकाश न्यौपाने, बरिष्ठ समाजसेवी तेजेन्द्र बहादुर खडका तथा धनन्जय शर्माले शुभकामना मन्तव्य राखेका थिए । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले कार्यक्रममा बोल्दै बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमो जानकारी गराएका थिए । साथै बैंकका नायव प्रबन्धक सुरज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भोजाड शाखाका शाखा प्रबन्धक केशव राज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । 

हाल बैंकले देशभर ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।

बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २६ अर्ब १९ करोड र कर्जा २३ अर्ब ३८ करोड पु-याएको छ । साथै  बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

Ad