Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

उत्पादनशील क्षेत्रको कर्जामा एक प्रतिशत ब्याज घट्यो  

२०७५ फाल्गुन ७ गते


बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा बैंकहरुले गर्ने लगानीमा ब्याजदर घटाउनुपर्ने व्यवस्था गरेको छ । सोमबार राति ९ बजे सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट उत्पादनशील उद्यम गर्ने व्यवसाहीहरुलाई दिने ऋणको ब्याजदर घटाएको हो । 

नयाँ व्यवस्था अनुसार उत्पादनशील क्षेत्रमा प्रदान गर्ने कर्जाको ब्याजदर १ प्रतिशतले घटाउनु  पर्ने छ । यसअघि बैंकरुले ४ प्रतिशतमा पुर्नकर्जा लिएर ९ प्रतिशतमा ऋण दिन पाउने व्यवस्था थियो । अहिले बैंकहरुले ४ प्रतिशतमा पुर्नकर्जा लिएर ८ प्रतिशत ब्याजदरमा मात्र ऋण दिन पाउने व्यवस्था गरेको हो । 
 

Ad