February 17th, 2019

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दुई नयाँ शाखा विस्तार

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवलमा नयाँ शाखा कार्यालयको औपचारीक समुद्घाटन गरेको छ । खैरेनी शाखाको समुद्घाटन देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री र सुनवल शाखाको समुद्घाटन सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले गरे । 

शाखा समुद्घाटनसँगै बैकले दुबै स्थानका स्थानीय जेष्ठ नागरीकहरु र सोही क्षेत्रमा क्रियाशिल आमा समुहहरुलाई सम्मान गरेको थियो । बैकले स्थानीय जेष्ठ नागरीकलाई बैकमा जेष्ठ नागरीक खाता खोली दिई चेक हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाई कदर–पत्रबाट सम्मान गरिएको थियो भने आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुलाई दोसल्ला र सम्मान–पत्रबाट  सम्मान गरिएको थियो ।

कार्यक्रममा देवदह खैरेनी शाखा अन्र्तगत देवदह वडा नं. ५ का ९८ बर्षीय टिकाराम तिवारी, वडा नं. ७ का ९५ बर्षीय मोतिलाल अधिकारी, वडा नं. ५ का ८९ बर्षीय चित्रकली थापा, वडा नं. ७ का ८४ बर्षीय भिमलाल खरेल र वडा नं. ५ का ८० बर्षीय सुना कुमारी रानालाई  सम्मान गरेको हो ।  

यस्तै आमा समुहबाट मितेर स्वास्थ्य आमा समुहका अध्यक्ष साबित्री पौडेल, कोपिला आमा समुहका अध्यक्ष कमला ढेंगा, मनकामना आमा समुहका सरस्वती गुरुङ, भृकुटी आमा समुहका अध्यक्ष सिता अर्याल र प्रगति आमा समुहका अध्यक्ष पार्वती न्यौपानलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा देवदह नगर प्रमुख खत्री, बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सम्मान गरेका हुन् । 

सुनवल शाखा अन्र्तगत सुनवल ४ का ९५ बर्षीय खडानन्द चापागाई, ९० बर्षीय तुलबहादुर पुन, ८६ बर्षीय श्रीमती ङन कुमारी गैरे, ८५ बर्षीय पुर्णबहादुर थापा र ८१ बर्षीय प्रेमनारायण सुबेदी तथा मिलिजुली महिला समुहका अध्यक्ष ज्ञानु उपाध्याय, शुभलक्ष्मी आमा समुहका अध्यक्ष चन्द्रा गौतम, मौरीपालन आमा समुहका अध्यक्ष सरस्वती ढकाल, श्रृजना आमा समुहका सचिव माया काफ्ले, रम्भापुर महिला समुहका सचिव उमा पौडेल लाई सम्मान गरेको हो । नगरप्रमुख थापा, बैकका अध्यक्ष श्रेष्ठ, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् । 

कार्यक्रममा बोल्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद भण्डारीले स्थानीय लगानी र रोजगारमा आधारित बैकले जनताको मन जित्दै जानु यसले समाजिक उत्तरदायित्व र सेवा प्रवाहमा निभाएको भुमिका प्रमुख आधार रहेको बताए ।  उनले कृषि र उद्योग जस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न बैकलाई आग्रह सिमेत गरे । 

सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको संभावनालाई सार्थक बनाउन बैंकको लगानी उत्पादन र रोजगारमुलक क्षेत्रमा केन्द्रीत गर्न आग्रह गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ सेवा प्रवाह गर्दै आइरहेको र आगामी दिनमा समेत सबै शाखा कार्यालयहरुवाट गुणस्तरीय र सर्बसुलभ सेवा पुयाउने प्रतिवद्धता व्यक्त गरे । उनले २ लाख ग्राहक रहेको बैंकको निक्षेप संकलन, कर्जा प्रवाह र स्थानीय रोजगारी सिर्जनाका आधारमा प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]