बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले संस्थाका कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले कर्मचारीको लागि Developing Leadership And Positive Attitude through Personal and Professional Excellence विषयक तालिम दिएकोे हो ।
उक्त तालिम बुटवलमा फागुन २ र ३ गते सम्पन्न भएको हो । तालिममा संस्थाका उपनिर्देशक १८ र बरिष्ठ अधिकृत १२ गरी कुल ३० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले तालिम कार्यक्रमको समुद्घाटन गरेका थिए । तालिमको स्रोत व्यक्ति नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका पूर्व सिनियर डाइरेक्टर डा. केदार रायमाझी रहेका थिए ।