February 17th, 2019

ब्याजदरमा अर्थमन्त्रीको चासो, प्रतिस्पर्धी नभए वित्तीय बजारमा हस्तक्षेप हुने


बैंकिङ खबर। अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरु प्रतिस्पर्धी नभएमा हस्तक्षेप हुने बताएका छन् ।  नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई) स्थापना भएको १० वर्ष पुगेको अवसरमा आइतबार भएको एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी तरिकाले नचलेमा हस्तक्षेप हुन सक्ने बताएका हुन् । 

शनिवार प्रधानमन्त्री केपी ओलीले उद्यमीहरुको गुनासो सुनेपछि अर्थमन्त्री र गभर्नरसँग छलफल गरेका  थिए। त्यस लगत्तै आएको अर्थमन्त्रीको अभिव्यक्तिलाई वित्तीय बजारमा निकै चासोका साथ हेरिएको छ । 

अर्थमन्त्री खतिवडाले उद्यमीले उद्यमीको भुमिका निर्वाह गर्नुपर्ने र बैंकले बैंकको भूमिका निभाउनुपर्ने बताउँदै बिजनेस इथिक्सको पालना आफैबाट सुरुवात गर्न सुझाव दिएका छन् । 

अर्थमन्त्री डा. खतिवडाले ब्याजदरका विषयमा केही नबोलेपनि वित्तीय बजारमा सुधार आवस्यक रहेको बताएका छन् । 

 गभर्नर चिरंजीवि नेपालले लागत घटाएर बिजनेस गर्न बैंकहरुलाई सुझाव भने दिएका छन् । गभर्नर नेपालले बैंकहरु डिजिटलाइज बन्दै गएकाले लगात घटाई कामगर्न अग्रसर हुनु पर्ने बताए । उनले बैंकिङ क्षेत्रमा प्रत्येक दिन नयाँ नयाँ परिवर्तन हुँदै गएकोले कर्मचारीहरुलाई उपयुक्त तालिम दिनुपर्ने बताए ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुको आधार ब्याजदर १० प्रतिशत भन्दा माथि नै रहेकाले उद्योगी व्यवसायीले मागेजस्तो ब्याजदर एकल अंकमा झार्न नसक्ने स्पस्ट पारेका छन् । उनले तीन वर्ष अघिको जस्तो ब्याजदर नखोज्न पनि व्यवसायीहरुलाई आग्रह गरे।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]