June 1st, 2016

आवेदनको ओइरो लागेपछि बन्द भयो खानीखोलाको शेयर निष्काशन

khanikholaखानी खोला जलविद्युत् कम्पनिको शेयर निष्काशन बुधबारदेखि बन्द भएको छ । कम्पनिले सर्वसाधारणका लागि ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर निष्काशन गरेको थियो । शेयर निष्काशन गरेको दोस्रो दिन । एकै दिनमा माग गरे भन्दा झण्डै १७ गुणा बढी आवेदन परेपछि शेयर निष्काशन बन्द गरिएको जनाइएको छ । अन्तिम दिनसम्ममा आवेदन निकै बढ्ने भएकाले कम्पनीले शेयर निष्काशन छिटै बन्द गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार दास्रो दिनसम्ममा १ अर्ब ५७ करोड रुपैंयाको आवेदन परेको छ । 
 
कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी रहेको शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

यो साधारण सेयर निष्काशन पश्चात कम्पनिको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।