Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ रोजगारीलाई लक्षित बैंकिङ ट्रेनिङ हुँदै

२०७५ फाल्गुन ३ गते

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई)ले म्यानेजमेन्ट स्टुडेन्टलाई लक्षित गरि फागुन १५ गतेदेखि बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ करियर बनाउन चाहानेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् । 

सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । त्यसैले बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त आएका छन् । तर व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धि पर्याप्त जानकारी नहुँदा बैंकमा खुलेका रोजगरीका अवसरहरुबाट अधिकांश विद्याथीहरु छुटनु परेको छ । त्यसैले तालिममा बैंकले लिने परिक्षा र अन्तरर्वातामा के कस्ता खालका प्रस्नहरु सोधिन्छ भन्ने विषयमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन । 

 बैंकिङ ट्रेनिङ सम्बन्धि थप जानकारीका लागि ०१–५७०६४०२, ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।
 

Ad