February 14th, 2019

मेगा बैंकका ग्राहकले ब्लुक्रस अस्पतालमा २० प्रतिशत सम्म छुट पाउने 

बैंकिङ खबर। मेगा बैंक नेपाल र ब्लुक्रस अस्पतालमा विच मेगा बैंकका सम्पुर्ण ग्राहकलाई ७ देखि २० प्रतिशतसम्म छुट दिने सम्झैता भएको छ । उक्त सम्झौतामा मेगा बैंक नेपालको तर्फबाट सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ । 

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनगर राख्दै मेगा बैंकले यसअघि काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]