February 14th, 2019

माछापुच्छ्रे बैंकको थप ५ स्थानबाट शाखा रहित बैंकिङ सेवा उपलब्ध 

बैंकिङ खबर। माछापुच्छ्रे बैंकले एकैपटक चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरि ५ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको मुग्लिङ्ग स्थित फिस्लिङ, तनहँु म्याग्दी गाउँपालिका, लमजुङको मध्यनेपाल नगरपालि स्थित दुइपिप्ले, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी पिपलबोटबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्दहरु अथात् शाखा रहित बैंकिङ इकाई मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

नयाँ खुलेका सहित माछापुच्छ्रे बैंकले ६१ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रकोे रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था रहेको बैंकले जनाएकोे छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने सेवा उपल्ब्ध गराउनुको साथै  चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराइरहेको छ । 

बैंकले हाल पुर्वमा देखि पश्चिमसम्म आफ्ना ९३ वटा शाखाहरु, ६१ शाखा रहित बैंकिङ सेवा र ११४ वटा एटीएमहरु बाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]