February 14th, 2019

जनता बैंकले खोल्यो पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर 

बैंकिङ खबर। जनता बैंक नेपालले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुरु गरेको छ । त्यस्तै एकवटा सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ ।  

पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा रहेको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरेको हो भने सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु इकाइलाई समेत शाखा मातहत रहने गरि एक्स्टेन्सन काउण्टरमा रुपान्तरण गरेको हो । यस्तो काउन्टरबाट उक्त क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले बैंकिङ सेवा लिन सक्नेछन् । 

यससंगै बैंकको देशभर १ सय २८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा आएका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]