Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रुपन्देहीको सैनामैनामा गण्डकी विकास बैंक, वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास

२०७५ माघ २९ गते

बैंकिङ खबर। गण्डकी विकास बैंकले रुपन्देहीको जिल्लाको सैनामैना शाखाको औपचारीक उद्घाटन गरेको छ । कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख अतिथ्यता रहेकोे थियो । समुद्घाटन कार्यक्रममा मन्तव्य राख्र्दै मेयर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरे । 

बैंकका अध्यक्ष शुशील गौचनकोे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सोही नगरपालिका समाजसेवी जिवन ज्ञवाली र सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले शुभकामना दिएका थिए । कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा, सुविधा र बैंकको गतिविधिहरुको बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए भने बैंकका प्रबन्धक मिलन कुमार पुनले स्वागत मन्तव्य राखेका थिए । 

बैंकले केन्द्रीय कार्यालय र देशभरका ७७ वटै शाखा कार्यालय बाट समपुर्ण बैंकिङ सेवा प्रदान गर्नुको साथै न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा र समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप वित्तीय सेवा प्रदान गर्ने विश्वास लिएको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा संचालन मुनाफा करिव ४१ करोड रुपैयाँ नाफा कमाएको थियो थियो भने २६ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरि २३ अर्ब ३८ करोड कर्जा लगानी गरेको थियो । 


 

Ad