Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा

२०७५ माघ २९ गते

बैंकिङ खबर। नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले रुपन्देही जिल्लाको सैनामैना नगरपालीकाको रामापुर कोलोनीमा शाखा स्थापना गरेको छ । शाखाको उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बैंकले दिने सेवा तथा सुविधाका विषयमा जानकारी दिएको थिए । 

त्यस्तै सैनामैना नगरपालीका नगर प्रमुख चित्र बहादुर कार्कीले स्थानीय जनताहरुको आवश्यकता र भावनालाई बुझेर काम गर्दै जिवनस्तर उकास्न बैंक सफल रहने विश्वास व्यक्त गर्नुभयो । बैंकले विशेष गरी ग्रामीण क्षेत्रमा छरिएर रहेको अनुत्पादक पूँजीलाई संकलन गरी कृषि, उर्जा, र साना तथा घरेलु उद्योगका क्षेत्रमा कर्जा प्रवाह गर्ने उद्देश्य राखेको छ । 

बैंकले रुपन्देहीका अन्य क्षेत्रमा पनि शाखा संचालनको क्रममा रहेको जानकारी समेत दिएको छ । 
 

Ad