February 12th, 2019

पूर्वाधार बैंकले यसरी गर्छ कामः ५ वर्षका लागि न्यूनतम १ करोड निक्षेप लिने र ठुला पूर्वाधार क्षेत्रमा लगानी गर्ने  

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले पूर्वाधार बैंक सञ्चालनका लागि सोमबार स्वीकृतिको प्रमाणपत्र दिएको छ । यससँगै पूवार्धार बैंकले आफ्ना आगामी योजना समेत सार्वजनिक गरेको छ । बैंकले देशको पूवाधार विकासका क्षेत्रमा लगानी गर्ने छ । यातायात, कृषि, जलविद्युत, उर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र (सेज) आधुनिक शहर पूर्वाधार तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने छ । 

त्यस्तै राष्ट्र बैंकले पूर्वाधार बैंक संचालनका लागि ‘पूर्वाधार विकास बैंक संचालनका निर्देशन–२०७५’ कार्यविधि पनि सार्वजनिक गरेको छ । कार्यविधिमा उल्लेख भए अनुसार जोखिम भारित सम्पत्तिको ११ प्रतिशत न्यूनतम पूँजीकोष अनुपात कायम गर्नुपर्ने उल्लेख छ ।

बैंकको पूँजी संरचना 
पूर्वाधार बैंकको ४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब चुक्ता पूँजी रहेको छ । जसमध्ये १० प्रतिशत नेपाल सरकारको लगानी छ भने ९० प्रतिशत निजी क्षेत्रको लगानी रहेको छ । २० अर्ब न्यूनतम चुक्ता पूँजी पु¥याउँदा बैंकको ६० प्रतिशत संस्थापकबाट र ४० प्रतिशत साधारण शेयर मार्फत सर्वसाधारणबाट जुटाउने छ । 

बैंकको दर्ता 
यो बैंक बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ को दफा १०७ बमोजिम सरकार र निजीक्षेत्रको संयुक्त लगानीमा २०७५ जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । 
बैंकको उद्देश्य

सार्वजनिक तथा निजी साझेदारीको अवधारणा अनुरुप बैंकले पूर्वाधार विकासमा लगानी गर्ने छ । बैंकले राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने छ । हरेक प्रदेशमा एक एक वटा शाखा कार्यालय राष्ट्र बैंकको स्वीकृतिमा खोल्न सक्ने छ । विदेशमा पनि सम्पर्क कार्यालय खोल्न सक्ने छ । पाँच वर्ष भन्दा माथिको निक्षेप संकलन गरि देश भित्रको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्ब बैंकको रहेको छ ।

वित्तीय स्रोत संकलन
पूर्वाधार बैंकले मुद्दति निक्षेपमा पैसा उठाउन पाउने छ । तर ग्राहकले जहिले पनि झिक्न पाउने गरी निक्षेप लिन भने पाउने छैन् । बैंकले ५ वर्ष वा सो भन्दा मथिको निक्षेप मात्र संकलन गर्न पाउँछ । त्यस्तै कुनै पनि व्यक्तिगत निक्षेप १ करोड भन्दा माथि हुनु पर्ने छ भने संस्थागत निक्षेप ५ करोड भन्दा माथि हुनुपर्ने छ । निक्षेपमा ब्याजदर निर्धारणमा भने बैंक र ग्राहकले आपसी सहमतिमा तोक्न सक्ने छन् । 

बैंकले पूँजी निर्माणका लागि ऋणपत्र तथा अन्य ऋण उपकरणहरु जारी गर्न सक्ने छ । त्यस्तै सहायक आवधिक ऋणपत्र तथा भुक्तानी योग्य अपरिवर्तनीय अग्राधिकार शेयर जारी गर्न सक्ने छ । 
ब्याजदर सम्बन्धी व्यवस्था
निक्षेपको ब्याजदर

पूर्वाधार बैंकले ठुला ठुला पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्न सक्ने छ । यस्तो लगानी लामो समयका लागि हुन्छ । तयसका लागि लामो समयको निक्षेप संकलन बैंकले गरेको हुन्छ । बैंकले स्वीकार गर्ने निक्षेपको ब्याजदर आफै तय गर्न सकने छ तर ब्याजदर त्रैमाशिक रुपमा प्रकाशित गर्नुपर्छ । यस्तो ब्यजदर शुन्य दशमलव ५ प्रतिशत मात्र बढाउन सकिने छ । त्यस्तै अक्षयकोषको रुपमा स्वीकार हुने मुद्दती निक्षेपको ब्याज ग्राहक र बैंक बीचको सहमतिमा निर्धारण हुन सक्ने छ ।

कर्जाको ब्याजदर 
लामो समयका लागि कर्जा उपलब्ध गराउनु पर्ने भएकाले बैंकले ऋणको ब्याजदर त्रैमासिक रुपमा निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ऋणीलाई दिने कर्जा प्रस्ताव पत्रमा कर्जाका लागि आवेदन प्रप्त हुँदाको बखत प्रकाशित बयाजदर भन्दा बढी तय गर्न पाउने छैन् । यस्तो ब्याजदर अन्तर औषतमा ४ प्रतिशत भन्दा बढी हुन भने हुँदैन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]