मंगलबार सुनको भाउ बढेको छ । केही दिनयता सुनको मूल्यमा गिरावट आइरहेको सुनको भाउ मंगलबार प्रतितोला ३ सय रुपैँयाका दरले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतिताला ५४ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५४ हजार ५० रुपैँयाका दरले कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला ५४ हजार रहेको थियो भने तेजावी सुनको भाउ प्रतितोला ५३ हजार ७ सय ५० रुपैँया रहेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ । किहि दिनयता चादीँको मूल्य पनि घट्ेदै गइरहेकोमा मंगलबार ५ रुपैँयाले बढेको छ । सोमबार ७ सय ४५ रुपैँया प्रतितोलामा किनबेच भएको चाँदी मंगलबार ७ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।