Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कसरी भयो बजेटको सूचना लिक ? छानविनका लागि समिती गठन

२०७३ जेष्ठ १८ गते

samsadबजेटको महत्वपूर्ण सूचना लिक भएको विषयमा छानबिन गर्न समिती गठन गरिने भएको छ । यस विषयमा छानबिन गर्न सत्तारुढ दल तयार भएपछि प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोध नगर्ने भएको छ । मंगलबार बिहान संसद भवन नयाँ वानेश्वरमा बसेको प्रतिपक्षी कांग्रेसको बैठकमा प्रमुख सत्तारुढ दलहरुले बजेट लिक बारे छानबिन गर्न समिति बनाउने कुरामा सहमति जनाएका छन् । 

प्रतिपक्षी नेपाली कांग्रेसले बजेटको गोपनीयता भंग गरेर सरकारले सदनको विशेषाधिकार हनन गरेको भन्दै सोमबार चार पटक संसद अवरोध गरेपछि बैठक मंगलबारलाई सारिएको थियो । उसले बजेट लिकबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेको थियो । मंगलबार यसै विषयमा छलफल गर्न सत्तारुढ र प्रतिपक्षी दलको बैठक बसेको थियो ।