बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको छ ।
बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दे आइरहेको छ ।
चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको यस बैंकले १६ अर्व १० करोड निक्षेप परिचालन गरी १४ अर्व ५२ करोड कर्जा लगानी गरेको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुवाट ३६५ दिन नै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।