Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ४९० प्रतिशतले बढ्यो

२०७५ माघ २४ गते

बैंकिङ खबर । ५० करोड  चुक्ता पूँजी भएको ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ८६ लाख ८ हजार रुपैयाँ  नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधिको भन्दा ४९०.४० प्रतिशतले नाफा बढाएको हो । गत बर्षको सोही अवधिमा बैंकले १४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

निक्षेप तथा कर्जा
बैंकले पुष मसान्त सम्ममा ५८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेपमा गत आर्थिको बर्षको सोही अवधिको भन्दा २ दशमलव ३२ प्रतिशतले घटेको छ  भने कर्जामा ७४.३९ प्रतिशतले बढेको छ । गत हार्थिक बर्षको सोही अवधिमा बैंकले ५९ करोड ४२ लाख निक्षेप संकलन गरेको थियो । 

आम्दानी
पुस मसान्तसम्म बैंकले ५ करोड ३५ लाख ब्याज आम्दानी गरि २ करोड ६४ लाख ब्याज खर्च गर्दा २ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १८०.८० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ९६ लाख २९ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
सुचकहरु
बैंकको खराब कर्जा अनुपात २ दशमलव ३० प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ सात पैसा, तरलता अनुपात ६१ दशमलव ०३ पैसा, आधार व्याजदर, १४ दशमलव ५२ प्रतिशत, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा रहेको छ । 
 

Ad