Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विदेशी लगानी भित्र्याउन सात दिन भित्रै स्वीकृति पाउने व्यवस्था गरिदै

२०७५ माघ २२ गते


बैंकिङ खबर। वित्तीय बजारमा तरलता अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउनका लागि स्वीकृति दिन लाग्ने समय छोट्याउने तयारी गर्न लागिएको छ । कुनै पनि कम्पनी तथा उद्योगले विदेशी मुद्रा ल्याउन स्वीकृति मागेको सात दिनभित्रै लगानी ल्याउन दिने तयारी गरिएको हो । विदेशी लगानी सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा निवेदन दिएको सात दिनभित्रमा लगानी भित्र्याउन स्विकृति दिनुपर्ने उल्लेख छ।

यसअघि राष्ट्र बैंकले सम्पत्तीको स्रोत जाँचबुझका लागि लामो समय लिने गर्दथ्यो । जसले गर्दा नेपाल आइसकेका विदेशी लगानीकर्ता झन्झटिलो प्रक्रियाका कारण बिचैमा छोडेर जाने गरेकाले कानुनमै संशोधन गरी सहजिकरण गर्न लागिएको हो । 

यसअघि राष्ट्र बैंकले ३० दिनभित्र स्विकृति दिने र स्विकृति दिन अयोग्य ठहरिएमा सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था थियो ।  
 

Ad