बैंकिङ खबर। ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा रेगुलटरी एडजस्टमेन्ट पछिको नाफा ६१ कारोड ८२ लाख १६ हजार रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १८ करोड रुपैयाँले नाफा बढाएको छ । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ४३ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ३ अर्ब २४ करोड १४ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ हुन जान्छ । गत वर्ष खुद ब्याज आम्दानी ८२ कारोड ७४ लाख रुपैयाँ गरेको थियो ।
निक्षेप तथा कर्जा
बैंकले पुष मसान्त सम्ममा ५२ अर्ब ४७ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४१ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
बैंकको पूँजी कोष अनुपात १२ दशमलव ३५ प्रतिशत, खराव कर्जा १ दशमलव ७८ प्रतिशत, मूल्य आम्दानी अनुपात ९ दशमलव ६३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ४३ पैसा र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६२ पैसा रहेको छ ।