May 31st, 2016

यी हुन्, भुकम्पपीडितले अनुदान पाउने २९ बैंकहरु (सूचिसहित)

mouगत वर्ष बैशाख १२ गते गएको बिनाशकारी भूकम्पका कारण घर भत्किएकाहरुको पुनर्निर्माणको लागि सरकारले दिने अनुदान रकम वितरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र विभिन्न २९ वटा बैंकसंग समझदारी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र बैंकहरुको छाता संगठनबिच सोमबार भएको समझदारी अनुसार अनुदान सम्झौता गरिसकेका भूकम्पपीडितले निःशुल्क बैंक खातामार्फत अनुदान पाउने छन् । 

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार २९ वटा बैंकबाहेकका अन्य बैंकहरुसंग पनि समझदारी गर्ने तयारी रहेको जानकारी दिए । सम्झौतापछि जिल्लामा रहेका वित्तीय संस्थाका शाखाबाट अनुदान वितरण हुनेछ । गाविस तथा नगरपालीकाबाट अनुदान सम्झौता भएका घरधनीको विवरण प्राधिकरणले तोकेको फाराम गाविस वा नगरपालीकाका सचिवले प्रमाणिकरण गरेर बैंकका पठाएपछि सम्झौता गरेका पीडितले अनुदान रकम पाउने छन् । थपलियाले प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियन नेपाल तथा नेपाल फाइनान्सियल इन्स्टिच्युसन्सबिच सोमबार भएको सम्झौताले अब अनुदान सहज रुपमा वितरण गर्ने बाटो खुलेको बताए ।  
हेर्नुस् कुन–कुन बैंकमार्फत वितरण हुँदैछ अनुदान ?
१. ग्लोबल आइएमई बैंक
२. हिमालयन बैंक लिमिटेड
३. कुमारी बैंक लिमिटेड
४. लुम्बिनी बैंक लिमिटेड
५. प्रभु बैंक लिमिटेड
६. रिलायवल डेभलपमेन्ट बैंक
७. इन्फास्टक्चर डेभलपमेन्ट बैंक
८. इन्टरनेशनल डेभलपमेन्ट बैंक
९. देव विकास बैंक लिमिटेड
१०.प्राइम कमर्सियल बैंक
११. सुप्रिम डेभलपमेन्ट बैंक
१२. सगरमाथा फाइनान्स लिमिटेड
१३. सानिमा बैंक
१४. लक्ष्मी बैंक लिमिटेड
१५.नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
१६.नेपाल एसबीआई बैंक लिमिटेड
१७.टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड
१८.जनता बैंक
१९.नेपाल इन्भेस्टमेन्ट बैंक
२०. एनएमबी बैंक
२१. त्रिवेणी बैंक
२२. नविल बैंक
२३. यति डेभलपमेन्ट बैंक
२४. सिभिल बैंक लिमिटेड
२५. मेगा बैंक
२६. सनराइज बैंक लिमिटेड
२७. कृषि विकास बैंक
२८. सिटिजन्स बैंक
२९. एन आइसी एसिया बैंक