Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकले ल्यायो ५ सय बोनस सहितको रेमिट्यान्स खाता 

२०७५ माघ २० गते

बैंकिङ खबर । ग्लोबल आइएमई बंैकले रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ५ सय बोनस व्यालेन्स दिने भएको छ । बैंकले विदेशबाट नेपाल भित्रने रेमिट्यान्सलाई सेभिङमा बदल्ने उद्देश्यले उक्त योजना ल्याएको हो । 

विदेशबाट नेपालमा भित्रिइरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको जनाएको छ । 

श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानु अगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट खाता खोल्न सकिनेछ ।   

बैंकले मुलुकभर १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

Ad