Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकले गर्यो बैंकिङ सफ्टवेरमा परिवर्तन

२०७५ माघ २० गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनलले आजदेखि बैंकिङ सफ्टवेर परिवर्तन गरेको छ । बैंकले कोर बैंकिङ सिस्टममा पुमरी प्लसको ठाउँमा फिनाकल सफ्टवेरको प्रयोग सुरु गरेको हो । विश्वका ४५ वटा मुलुकमा प्रयोग गरिदै आएको फिनाकलको प्रयोगबाट बैंकका ग्राहकहरुलाई थप प्रभावकारी सेवा दिन सकिने बैंकले जनाएको छ  । 

फिनाकल र अत्याधुनिक ईन्टरनेट बैंकिङको प्रयोगबाट बैंकद्वारा प्रवाहगरिने सुविधाहरू थपसुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै जाने बैंकले जनाएको छ । 

हाल बैंकले देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहाकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Ad