Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको लाभांशमा परिमार्जन, बोनस सेयर बढाएर ८ प्रतिशत पु-यायो

२०७५ माघ २० गते

 
बैंकिङ खबर। प्रभु बैंकले पूर्व प्रस्तावित लाभांशमा परिमार्जन गरेको छ । नेपाल राष्ट्र बैंकको  निर्देशनमा लाभांश दरमा परिमार्जन गरेको बैंकले जनाएको छ । बैंकले यसअघि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरलाई बढाएर ८ प्रतिशत पु-याएको छ । त्यस्तै कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २ सय ५७ रुपैयाँ बराबरको नगद लाभांश समेत दिने छ । तर यसअघि दिने भनेको ५ दशमलव २६३ नगद लाभांश भने दिने छैन् ।  

राष्ट्र बैंकले नियमनकारी कोषमा  १७ करोड ४ लाख ६० हजार रुपैयाँ जम्मा गरी सञ्चित मुनाफा र सेयर प्रिमियम बापत जगेडकोषमा रहेको रकमबाट बोनस सेयर प्रस्ताव गर्न निर्देशन दिएपछि बैंकले वितरण गर्ने लाभांशमा परिवर्तन भएको जनाएको छ । 

प्रस्तावित नयाँ लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने पनि बैंकले जनाएको छ । 


 

Ad