Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

 ओम डेभलपमेन्ट बैंकको सहयोगमा देवघाट धाममा सि.सि क्यामेरा

२०७५ माघ २० गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देबघाट धामलाई १ सेट सि.सि. टि.भि. क्यामेरा सहयोग गरेको छ । बैंकले उक्त सामाग्री आश्रमका १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई केहि पुस्तकहरु हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक सामाग्री, दृष्टिबिहिनहरुलाई कम्पुटर तालिम शिक्षा तथा हरिहर आश्रम देबघाटलाई कम्प्यूटर हस्तान्तरण गरेको थियो ।  

Ad